झापामा राहत बाँड्न पुगेका जनप्रतिनिधिमाथि हातपात,दुई जना पक्राउ

ARREST
झापा ।
झापाको गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर २ स्थित हेम्नाडांगी सतार बस्तीमा विपन्नलाई राहत बाँड्न पुगेका जनप्रतिनिधिमाथि हातपात भएको छ । बुधबार विपन्न परिवारलाई राहत बाँड्न पुगेका वडा सदस्य अरुणकुमार राजवंशी माथि हातपात भएको प्रहरीले जनाएको छ ।

वडा कार्यालयले गरेको लगत सङ्कलनमा विपन्न परिवारको नाम छुटाएको भन्दै सोही ठाउँका सोम मुर्मु र अन्य एक जनाले राजवंशीमाथि उनीहरूले हातपात गरेका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित