लकडाउनको मौका छोपेर गहना पसलमा लुटपाट गर्ने पक्राउ

Dhangadhi_gahana_Pasal_lootpat

धनगढी 
सरकारले कोरोना भाइरसको संक्रमण रोक्न जारी गरेको लकडाउनको मौका छोपेर गहना पसल लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मध्यरातिको समयमा कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित बिनोद कुमार बर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी गहना पसलमा लुटपाट गरेको भन्दै प्रहरीले धनगढीको कारागार रोडमा डेरा गरी बस्ने ४५ वर्षीय पप्पु गुप्तालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुप्ताले प्रिया सुनचाँदी गहना पसल अगाडि नै केही वर्ष पहिलेदेखि फलफूल बेच्ने ठेला राख्दै आएका थिए । प्रहरीले गुप्ताको डेरामा छापा मारी पानीको ड्रममा लुकाएको अवस्थमा लुटिएका गहनाहरु बरामद गरेको छ ।

प्रहरीका अनुसार गुप्ताले अन्य केही व्यक्तिको सहयोगमा लुटपाट गरेको बताएका छन् । प्रहरीले गुप्ताको बयानका आधारमा अन्य केही व्यक्तिलाई समेत पक्राउ गरेपनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित