कोरोना संक्रमणका कारण भारतमा एक डाक्टरको मृत्यु

India_Doctor

मध्यप्रदेश । भारतको मध्य प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक डाक्टरको मृत्यु भएको छ । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानले ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण बिहीबार बिहान मृत्यु भएको जनाएका हुन् ।

यो घटनाबारे प्रदेशका मुख्यमन्त्री चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।

मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो । यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डाक्टरको मृत्युको समाचारसँगै प्रशासनले स्वास्थ्यकर्मीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ । कोरोना भाइरसको उपचार गराइरहेका धेरै डाक्टर अहिले आफ्नो परिवारलाई संक्रमण हुने आशंकाले अस्पतालमा नै क्वारेन्टाइन बनाएर बस्दै आएका छन् ।

यसअघि भारतकै एक अस्पतालका २९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित