नेपाल युवा उद्यमी मञ्च चितवनद्धारा निःशुल्क भोजन तथा सेनिटाईजर वितरण

Chitwan Sanitizer
चितवन ।
नेपाल युवा उद्यमी मञ्च चितवनले लकडाउनको कारण अप्ठ्यारोमा परेका यात्रुलाई निःशुल्क भोजन तथा सेनिटाईजर वितरण गरेको छ ।  विगत दुई सातादेखिको लकडाउनको कारण अलपत्रमा परेका पैदल यात्रुलाई मञ्चले निःशुल्क खानपिन र सेनिटाईजरको व्यवस्था गर्दै आइरहेको हो । कोरोना भाईरसको कारण देशैभरिको सवारी साधन ठप्प रहेको छ । सवारी साधन नचलेको कारण प्रायः सधैभरी व्यस्त रहने चितवनको नारायणगढस्थित पुल्चोक लामोसमयदेखि शान्त छ । लकडाउनको कारण सवारी साधन नचलेपछि मानिसहरु पैदल हिडेर भएपनि आँफ्नो गनतब्यसम्म पुग्नेको लर्को देखिन्छ ।

लकडाउनको कारण बजार पूर्णरुपमा बन्द भएकोले अलपत्रमा परेका यात्रुलाई ध्यानमा राख्दै मञ्चले यो कार्य शुरु गरेको हो । नेपाल युवा उधमी मञ्च चितवनले शुरु गरेको निःशुल्क भोजन र सेनिटाईजर वितरण यो पाँच दिनको अवधिमा करिब हजार भन्दा बढी यात्रुलाई यो सेवा प्रदान गरिसकेको उद्यमी मञ्च चितवनका अध्यष दाताराम घिमिरेले बताए ।

लकडानको कारण यात्रुको बिचल्लि देखेर सुरु गरेको यो अभियान लकडाउन अवधिभर जारी राख्ने मञ्चले बताएको छ । देशमा कोरोनाको त्रास बढी रहेको बेला ज्याला मजदुरी गरेर आँफ्नो जीवन गुजारा गर्दै आएकाहरु सबारी साधन बन्द भएपछि पैदल हिडेर नै आफ्नो घर परिवार समक्ष पुगिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित