इन्टरनेट गुणस्तरमा नेपालको सुधार, बढ्यो मोबाइल इन्टरनेटको गति

Internet
काठमाडौं ।
बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति ९स्पिड०मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ । त्यस्तो सुधारले विश्वव्यापी इन्टरनेट गतिको सूचकमा नेपाल ९ स्थानले फड्को मार्दै ११७औँ स्थानमा पुगेको छ ।

इन्टरनेटको विश्वव्यापी गति मापन र विश्लेषणमा चर्चित ओक्लाले सार्वजनिक गरेको मार्चको तथ्यांकअनुसार नेपालको मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पिड १४।२२ एमबीपीएस छ । त्यस्तै अपलोड स्पिड भने ८।४८ एमबीपीएस छ ।

इन्टनरेट स्पिडमा विश्वव्यापी सूचकमा नेपालले सुधार गरे पनि डाउनलोड र अपलोड स्पिड विश्वव्यापी औसतभन्दा भने निकै कम छ ।

ओक्लाका अनुसार मार्चको विश्वव्यापी डाउनलोड स्पिड ३०।४७ एमबीपीएस छ भने अपलोड स्पिड १०।७३ एमबीपीएस छ ।

मोबाइल इन्टरनेटमा नेपालको सुधार पछाडि खासगरी तीनवटा कारण हुनसक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी बताउँछन् । उनका अनुसार बन्दाबन्दीपछि फ्रिक्वेन्सीको प्रयोग बढाएको, कोर नेटवर्कको स्तरोन्नति र सेवा विस्तारले मोबाइल इन्टरनेटको गुणस्तर सुध्रिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा अहिले एक करोड ६३ लाखले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन् ।

मोबाइल इन्टरनेटबाहेक फिक्स्ड ब्रोडब्यान्डमा समेत नेपालले आफ्नो स्थानबाट फड्को मारेको छ । खास गरी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराउँदै आएको फिक्स्ड इन्टरनेटको गुणस्तरको सम्बन्धमा बारम्बार प्रयोगकर्ताको गुनासो रहने गरेको छ ।

यद्यपि मार्चमा नेपालले फिक्स्ड इन्टरनेटको स्पिडमा सुधार गरी तीन स्थान माथि उक्लँदै १११औँ स्थानमा पुगेको छ । फिक्स्ड ब्रोडब्यान्डमा नेपालको औसत डाउनलोड स्पिड २०।८१ एमबीपीएस छ । त्यस्तै अपलोड स्पिड १९।५९ एमबीपीएस छ ।

यो दुवै गति विश्वव्यापी औसतको तुलनामा भने निकै कम हो । फिक्स्ड ब्रोडब्यान्डमा विश्वव्यापी डाउनलोड औसत ७६।६४ एमबीपीएस छ भने अपलोड स्पिड ४०।०७ एमबीपीएस छ ।

अहिले नेपालमा करिब ४८ लाखले फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्ने तथ्याङ्क छ । विश्वभर मोबाइल इन्टरनेटको स्पिड सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स ९दुबई०मा रहेको छ ।

ओक्लाका अनुसार दुबईमा मोबाइलको डाउनलोड स्पिड ८३।५२ एमबीपीएस र अपलोड स्पिड २१।७९ एमबीपीएस रहेको छ ।

त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड स्पिडमा सिङ्गापुर अगाडि रहेको छ । सिङ्गापुरको डाउनलोड स्पिड १९७।२६ एमबीपीएस र अपलोड स्पिड २०८।२६ एमबीपीएस छ ।

मोबाइल इन्टरनेटको धेरै स्पिड भएका दक्षिण एसियाली देशमध्ये नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि श्रीलङ्का ९८औँ स्थानमा छ । छिमेकी देश भारत १३०औँ स्थानमा छ ।
गोरखापत्र दैनिक ।

प्रतिक्रिया

सम्बन्धित