४ वर्ष लामो पुँजीगत लाभकर विवाद अन्त्य गर्दै एनसेलले बुझायो १४ अर्ब ३३ करोड

NCELL
काठमाडौँ ।
दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने बाँकी १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराज अधिकारीका अनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर बुझाएको छ ।

एनसेलले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ । यससँगै पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ प्रमुख कर प्रशासक अधिकारीले भने ।

प्रतिक्रिया

सम्बन्धित