भारतीय प्रधानमन्त्री मोदीले भोली बिहान १० बजे देशबासीको नाममा सम्बोधन गर्ने

Modi

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरि फैलिएको कोरोना भाईरसका कारण भारतमा संक्रमित र ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

modi-t

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतभर लागू गरिएको लकडाउनका बारेमा मंगलबार चौथोपटक सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले लकडाउनका बारेमा नयाँ नियमहरुका बारेमा जानकारी दिने जनाएका छन् ।

मोदीले आज ट्वीट गर्दै मंगलबार बिहान १० बजे सम्बोधन गर्ने जानकारी दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित