मौन अवधिमा देउवा सरकारलाई सद्दाम हुसेनसँग तुलना गरे ओलीले

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेका छन् । ओलीले पार्टी मुख्यालय धुम्रबाराहीमा सोमबार पत्रकार सम्मेलन गरेर देउवालाई सद्दाम हुसेनसँग तुलना गरेका हुन् । उनले भने, ‘वर्तमान सरकार सद्दाम हुसेनको सरकार भन्दा कम छैन ।’

उनले सरकार हत्यारा र अपराधिलाई जेल सजाय दिनुको साटो फूलमालाले स्वागत गर्ने गरेको आरोप लगाए । उनले भने, ‘अहिलेको सरकार तानाशाही बनेको छ ।’

उनले अन्यायमा परेकालाई न्याय दिनुको साटौ जेलको बास बनाउने काम गरेर न्यायको घाँटी निमोठ्ने काम गरेको बताए । सरकार, नेपाली कांग्रेस, माओवादी केन्द्र र निर्वाचन आयोगका कामकारवाहीप्रति असन्तुष्टि जनाएका ओलीले भने, ‘अबको दुई दिनपछि हुने स्थानीय तहको निर्वाचन भयरहित बातवरणमा सम्पन्न गर्ने प्रमुख दायित्व सरकारको हो । त्यसमा सरकारको ध्यान जान सकेको छैन ।’

लोकतान्त्रिक मुलुकमा सरकारलाई निर्दे्शित गर्ने काम जनताको भएको भन्दै ओलीले निर्वाचन आयोग र सरकारले व्यवहारमै स्वतन्त्रता र निश्पक्षता देखाउनुपर्ने बताए ।

उनले निर्वाचनमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीमको भूमिका एमालेको पक्षमा नभए पनि निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो । ‘राज्यका साझा संयन्त्र एमालेले सरकारमा हुँदा र प्रतिपक्षमा हुुँदा पनि आफ्नो अनुकुलमा प्रयोग गरेन र गर्दैन’, उनले भने, ‘निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र अनुगमनकर्ताहरूलाई पनि आफ्नो भूमिका निश्पक्ष बनाउनु पर्छ ।’सत्तारुढ दलहरू तानाशाही बन्न खोजेको आरोप लगाउँदै अध्यक्ष ओलीले तानाशाहीतन्त्रले अस्थिरता र अराजकता बढ्ने भन्दै त्यस्तो तन्त्र नटिक्ने दावी पनि गरे । उनले कतिपय दलहरूले नीतिगत बहिस्कार गरेपनि स्वतन्त्र ढंगबाट उम्मेदवारी दिएर निर्वाचनमा सहभागी भएकोमा ती दलहरूलाई सकारात्मक रुपमा लिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित