विप्लव समूहलाई गृहमन्त्रीको चेतावनी

घोराही : गृहमन्त्री जनार्दन शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई बम विस्फोट गराएकै भरमा आतंक सृजना गरेर मतदाताको अधिकार नखोस्न चेतावनी दिएका छन् । उक्त समूहले स्थानीय तहको निर्वाचन बहिष्कार गर्नुको कुनै तुक नरहेको टिप्पणी गर्दै गृहमन्त्री शर्माले भने–‘निर्वाचन बहिस्कार गर्ने विप्लव समूहलाई जनताले खिल्ली उडाइदिएका छन् ।’ सोमबार बिहान तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विप्लव समूहले निर्वाचन बहिस्कार गर्दैमा कुनै असर नपर्ने भन्दै निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएकोले ढुक्क हुनु आग्रह समेत गरे । निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीले प्रमुख जिम्मेवारी पाएको भन्दै सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सुरक्षा दिने बताए । मन्त्री शर्माले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरे । उनले भने–‘जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको तपाईले पनि सुन्नु भएको होला । कतै सहभागी हुने र कतै बहिस्कारको कुरा गर्नु नीतिगत रुपमा मिल्दैन ।’

प्रतिक्रिया

सम्बन्धित