बाग्लुङ्गमा सामाजिक कल्याण कोष मार्फत लकडाउन पिडितलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण

Rahat Macau Final

बाग्लुङ्ग  ।

बाग्लुङ्ग नगरपालिका वार्ड नं १४ नारायणस्थान सुनार टोलमा लकडाउनको कारण पिडित बनेका परिबारलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको छ । विश्वनै कोरोना भाईरसको महामारीमा गुज्रिरहेको अवस्थामा आम सर्बसाधारणमा एककिसिमको त्रास, चिन्ता, फैलियको बर्तमान अबस्थालाई मध्यनजर गर्दै समाज सेवाका निमित्त स्थापित सामाजिक कल्याण कोषलाई निरन्तरता दिने तथा कोषका बिशेष कार्यहरुलाई मध्यनजर गर्दै उक्त सहयोग गरिएको जनाइएको छ ।


बिप्पतीको यस घडिमा आप्mनो गाउँमा कसैलाई पनि दैनिक गुजारा चलाउनका लागि गाह्रो नहोस भन्ने उद्देश्यका साथ अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली तथा प्रसिद्ध प्रबल गोरखा दक्षिणबाहुद्वारा बिभुषित समाजसेवी एबम् बौद्धिक व्यक्तित्व साथै कोषका प्रमुख सल्लाहकार तथा संयोजक भुवन सिंह बिश्वकर्माको बिशेष पहलमा गाउँका देश तथा बिदेशमा रहनुभएका दाजुभाईहरुलाई अनुरोध तथा समन्वय गरी उक्त कोषमा आर्थिक संकलन गरी कोषमा आबद्द सम्पुर्ण सदस्यहरुको निर्णय बमोजिम कोषको प्रथम योजना अनुसार वार्डका वडाध्यक्ष श्री चक्र बहादुर खत्रीलाई जानकारी गराई अन्य समाजसेवी तथा समाजका जेष्ठ नागरिकहरुको उपस्थितीमा उक्त खाधन्न १४ घरपरिवारमा प्रदान गरिएको बताइएको छ ।


भोलिका दिनमा पनी थप सहयोग गर्नुपर्ने देखिएमा कोष सक्रिय रहने योजना रहेको र समाजमा धार्मिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायत विविध क्षेत्रहरूमा सानै भएपनी टेवा पुगोस भन्ने उद्देश्य लिइएको कोषका प्रमुख सल्लाहकार तथा संयोजक भुवन सिंह बिश्वकर्माले बताए । उनले एकता नै बल हो भन्ने उदाहरण हाम्रो कोषले प्रतिबिम्बित गर्ने छ भन्ने विश्वास लिएको बताउँदै, सबैजना एकजुट भई आफ्नो गाउँ समाज टोलमा आपतकालिन समस्यालाई उजागर गर्ने उपायहरु नियाल्दै जाने हो भने पक्कै पनि यस बिषम परिस्थितिमा घरमा चुलो बाल्नबाट कोहीपनी बञ्चित हुनु नपर्ने बताए ।

कोषको आर्थिक स्तर बृद्धीका लागि रु पाँच हजार अनिवार्य गरिएको थियो भने स्वेच्छिक तरिकाले थपगरी सहयोग गर्ने प्रमुख ३ सहयोगी दाता तथा कोषका प्रवासमा रहनु भएका सदस्यहरु जसमध्ये अमर सिंह सुनार का सुपुत्र भु.पु ब्रिटिश सैनिक चन्द्र बहादुर सुनार हाल युके बाट ५०००० ,गोपिराम सुनारका सुपुत्र ब्रिटिश सैनिक कृष्ण सुनार युके बाट रु ३००००, धन बहादुर सुनारका सुपुत्र सुरेश सिंह सुनार मकाउँबाट रू १५००० नगद जम्मा गरिएको थियो ।

कोषमा अनिवार्य रु ५००० सहयोग स्वरुप गर्ने भुवन सिंह बिश्वकर्मा, रमेश गोतामे, शिब बहादुर सुनार, करण बहादुर सुनार, हरी सुनार, गणेश सुनार, बाबुराम सुनार, मेघनाथ सुनार, गंगा बहादुर सुनार, दिपक सुनार भक्त बहादुर सुनार, गणेश सुनार, चन्द्र बहादुर सुनार यहाँहरु लगायत सम्पूर्ण सदस्य सहयोगी मन साथै गाउँमा समाजमा रहेर अहोरात्र समाजसेवामा निरन्तर लागिरहने सम्पुर्ण सदस्यहरुमा कोषका प्रमुख सल्लाहकार तथा संयोजक बिश्वकर्माले धन्यबाद समेत ब्यक्त गरेका छन् ।

त्यस्तै संयोजक बिश्वकर्माले प्रवासमा रहने र बसाईसराई गरेर बाहिर रहेकाहरुलाई पनी यो कार्यले एकजुट गराएको भन्दै छुट्नु भएको दाजुभाईहरुलाई पनी सामाजिक कार्यमा सहभागी हुन अनुरोध समेत गरेका छन् । साथै उनले कोषको अवधारणा ल्याउने सह संयोजक सुरेश सिंह सुनारलाई बिशेष धन्यबाद दिदै समाजमा प्रत्यक्ष खटेर कार्यक्रमलाई सफल बनाउने सदस्य भक्त बहादुर सुनार, गणेश सुनार, चुर्ण बहादुर सुनारलाई धन्यबाद दिएका छन् ।
संयोजक बिश्वकर्माले नव- बर्षको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै राष्ट्रले गरेका निर्णयलाई पालना गरि जहाँ छौ त्यही सुरक्षीत रहन र कोभिड १९ को महामारीबाट मुक्त रहेर, आफु सुरक्षित रही अरुलाई पनी सरक्षीत बस्न अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित