कोरोना संक्रमित भेटिएको भन्दै फेसबूकमार्फत अफवाह फैलाउने १ जना पक्राउ

ARREST
दाङ ।
फेसबूकमार्फत ‘दाङमा पनि १ जना कोरोना भाइरसको संक्रमित भेटिएको’ भन्दै अफवाह फैलाएको आरोपमा  प्रहरीले १ जनालाई पक्राउ गरेको छ । फेसबूकमा तथ्यहीन तथा भ्रामक कुरा पोस्ट गरी भ्रम फैलाउने दाङको घोराही उपमहानगरपालिका–१५ घर भएका २८ वर्षीय दीपक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबूकमार्फत १ जना कोरोना भाइरसको संक्रमित भेटिएको’ भन्दै अफवाह फैलाउने न्यौपानेलाइ पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित