कोरोना कारण बेलायतमा कास्कीका एक नेपालीको मृत्यु, हालसम्म मृत्युभएका ९ मध्ये ६ पूर्वगोरखा सैनिक

Mynews_1

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसका कारण बेलायतमा एक नेपालीले ज्यान गुमाएका छन् । कास्कीको घान्द्रुक स्थायी घर भई हाल बेलायतको रेडिङभन्ने ठाउँमा बस्दै आएका पूर्व गोर्खा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार मृत्यु भएको जनाइएको छ ।

लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो ।

उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले बताएका छन् । गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ ।

पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उहाँको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए । कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने उनको स्वास्थ्यसमेत निकै राम्रो थियो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली नौ पुगेका छन् । तीमध्ये छ  जना पूर्वगोरखा सैनिक छन् ।

प्रतिक्रिया

सम्बन्धित