काभ्रेका दुई जना युवकको र्‍यापिड टेस्टमा एन्डिबडी नतिजा 'पोजेटिभ' !

qqq
धुलिखेल । काभ्रेमा दुई जना युवकमा र्‍यापिड टेस्ट गर्दा एन्डिबडी नतिजा पोजेटिभ देखिएको छ। काभ्रेको बेथानचोक र मण्डनदेउपुरका दुई युवकमा ¥यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको जनाइएको छ ।

गत चैत ८ गते भारतबाट आएका बेथानचोक गाउँपालिकाका २८ वर्षीय एक युवकमा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको जनाइएको छ । त्यस्तै युएईबाट आएका मण्डनदेउपुरका एक युवकलाई पनि पोजेटिभ देखिएको जनाइएको छ ।

गत चैत ७ गते दुबईबाट आएका काभ्रेको मण्डनदेउपुर नगरपालिकाका–२१ वर्षीय युवकमा पनि र्‍यापिड टेस्ट गर्दा पोजेटिभ हो कि भन्ने अन्यौल भएपछि उनलाई पनि धुलिखेल अस्पताल पठाइएको छ।

यी दुवैजनालाई पोजेटिभको आशंका देखिएपछि थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको जनाइएको छ । भारतबाट आएका युवकसँग आएका साथीलाई भने नेगेटिभ देखिएको छ भने उनीसँग सम्पर्कमा रहेका अन्यको पहिचान गर्ने क्रम जारी रहेको जनाइएको छ ।

त्यस्तै मण्डनदेउपुरका युवक दुबईबाट आएर दुई दिन घरमै बसेका थिए। त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो। उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित