सेलपेले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवामा थप नयाँ सुबिधाहरु प्रदान गर्ने

Cell pay

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा.लि. को सेलपे सेवाले ग्राहकहरुको माग अनुरुप नयाँ सुबिधाहरु थप गरेको छ । ग्राहकहरुले अब सजिलै सेलपे मोबाईल वा वेब एप्लीकेशन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद् भएका बिभिन्न बिमा कम्पनीको बिमा र कम भुक्तानी र स्याकार इन्भेस्ट्मेण्ट कम्पनीका EMI भुक्तानी गर्नुका साथै ग्राहकले आफुले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपाल भरीका आफुलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेण्ट कहांबाट प्राप्त गर्ने सक्ने छन् ।

सेलपेले हालविश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा,सेलपेले यस अवस्थामा थप सेवा र सुबिधाले सेलपेका ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नको साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता हुने जनाएको छ ।

सेलपेका ग्राहकहरुले यस थप सेवाहरुको फाईदा लिनको लागि आफ्नो सेलपे एप्पमा गई हालै नयाँ थपिएका आइकन EMI र इन्सुरेन्समा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी आवश्यकता अनुरुपर भुक्तानी गर्न सक्नेछन् ।  यसका साथै देशभित्र कुनैपनी ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुप सिटी एक्स्प्रेस मनी ट्रान्स्फर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्ने समेत कम्पनीले जनाएको छ । यसरी पैसा पठाईसके पछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा Unique ID क्ष्म्प्राप्त गर्नेछन् र त्यस Unique ID प्रेषकल ेप्रापकलाई दिनुपर्ने छ र प्रापकले देशैभरी रहेका विभिन्न सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त Unique ID देखाएर सरल रुपमा पैसा प्राप्त गर्न सक्नेछन्। 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा भएको कम्पनीले बताएको छ ।
सेलपेका अन्यविशेषताहरु यस प्रकार रहेको छ :
   बास्तविक समयमाभुक्तानी
   बिनावालेट कारोबार गर्न सकिने
   सरल एवं सुरक्षित
   लोयाल्टीपोइन्टसपाईने

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरु काग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्प स्टोरमा उपलब्ध छ ।

त्यस्तै सेलपले आम सर्बसाधारणहरुलाई सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खातालिंक गर्नहुनका लागि अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित