'सेल्फ एसेस्मेन्ट' गर्नेमध्ये १३ जना 'रेड जोन'माः स्वास्थ्य मन्त्रालय प्रवक्ता

1 Health

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म सेल्फ एसेस्मेन्ट प्रयोग गर्नेमध्ये १३ जना रेड जोनमा परेको बताएका छन् । नियमित कोरोना अपडेट आयोजना गर्दैै आएको मन्त्रालयको उक्त मंगलबारको अपटेडमा देवकोटाले हालसम्म सेल्फ एसेस्मेन्ट १७ हजार ६३० जनाले गरेको त्यसमध्येमा १३ जना रेड जोनमा परेको बताए ।

ती १३ जनालाई मन्त्रालयअन्तर्गतको महाशाखाले सम्पर्क गरि आगामी परिक्षण गरिने पनि उनले जनाए ।

उनले उक्त अवसरमा सनसिटी अर्पाटेमन्टमा बस्ने तेस्रो व्यक्तिको नेगेटिभ रिपोर्ट आएको बताएका छन् ।

त्यस्तै २९८ जनाको सनसिटि अर्पाटमेन्टको टेष्ट गर्दा सबैको नेगेटिभ आएको छ । साथै हिजो पोजेटिभ देखिएका २ जनाबाहेक अर्को १ जनाको भने पुनः परिक्षण गर्दा नेगेटिभ आएको उनले उल्लेख गरे ।

हालसम्म १६ जना संक्रमित भएको पनि उनले जनाए । आम नागरिकलाई कोरोनाको सम्भावित संक्रमणबाट जोगाउन मानसिक रुपमा पनि स्वस्थ्य रहन आग्रह उनले गरेका थिए । साथै, सांगीतिक क्रियाकलापलगायतका काम गर्न पनि उनले अनुरोध गरे ।

 

प्रतिक्रिया

सम्बन्धित