चिकित्सक कुट्ने प्रहरीलाई कारबाही गर्न माग

Nepal Medical Association
काठमाडौँ ।

नेपाल चिकित्सक सङ्घले आवासीय चिकित्सक कुट्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत मेडिसिन विभागका आवसिय चिकित्सकहरू र कान्तिवाल अस्पतालमा न्याम्सका आवसिय चिकित्सकहरूलाई हातपात र लाठीचार्ज गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुटपिट गर्ने प्रहरीको छानबिन गरी कारबाही गर्न सङ्घले माग गरेको हो ।

सङ्घले विज्ञप्ति जारि गर्दै परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट हातपात गर्ने,लाठी चार्ज गर्ने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापप्रति नेपाल चिकित्सक सङ्घ घोर भर्त्सना र निन्दा गर्दै अवलम्ब त्यस्ता प्रहरीहरूको छानबिन गरी काूननी कारबाही गर्न नेपाल चिकित्सक सङ्घ जोडदार माग समेत गरेको छ । सङ्घले भनेको छ "उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णयको मसि सुक्न नपाउँदै यस्तो दुःखद र निन्दनीय घटनाले संघलाई स्तब्ध तुल्याएको छ ।’

Nepal Medical Asso Press release

प्रतिक्रिया

सम्बन्धित