ठगीको आरोपमा एन्फाका पूर्व महासचिव पक्राउ

काठमाडौ । ठगिको आरोपमा महानगरीय अपराध महाशाखाले अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व महासचिव तथा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीलाई पक्राउ गरेको छ।

 २५ जनालाई क्यानडा पठाइदिने भन्दै १ करोडभन्दा बढी ठगी गरेकाले शाहीलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले वताए ।

 शाहीले ललितपुरस्थित श्रीकुसुन्ती युथ क्बलको नामबाट क्यानडा लैजाने र टोरन्टोमा मे १५ देखि २५ देखि फुटबल खेलाउने आश्वासन दिएका प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी आइस हक्की स‌ंघका अध्यक्षसमेत रहेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित