ईन्टरनेट अवरुद्ध नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन

Internet
काठमाडौं ।

सरकारले निर्धारण गरेको लकडाउन अवधिभर सेवाग्राहीको ईन्टरनेट अवरुद्ध नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।

 लकडाउनकै समयमा महसुल भुक्तानी हुन नसक्दा ईन्टरेट सेवा अवरुद्ध गरेको गुनासो बढेपछि प्राधिकरणले ईन्टरनेट सेवा प्रदायकलाई त्यस्तो निर्देशन दिएको हो ।

लकडाउन अवधिभर सकेसम्म अनलाईन महसुल भुक्तानीलाई प्राथमिकता दिन पनि प्राधिकरणले निर्देशन गरेको छ । त्यस्तो पनि सम्भव नभएको अवस्थामा लकडाउनको समयमा इन्टरनेट सेवा नियमित गरिदिने सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन छ ।

इन्टरनेट अत्यावश्यक सेवाको रूपमा रहेको र लकडाउनको समयमा थप आवश्यक पर्ने भएकोले यस्तो परिस्थितिमा सेवाअवरुद्ध हुँदा आम मानिसमा नकारात्मक असर परेको प्राधिकरणले जनाएको छ ।

लकडाउनमा महसुल तिर्न नसकेका कारणपछि त्यसको बिलम्ब शुल्क पनि नलिन प्राधिकरणले निर्देशन दिएको छ । पछिल्लो समय इन्टरनेट सेवा प्रदायकहरूले सेवाग्राहीले भुक्तानी नदिएपछि ईन्टरनेट सेवा अवरुद्ध गर्दै आएका छन् । महसुल तिर्न नसक्ने विषम परिस्थितिमा सेवा काटिएको भन्दै गुनासो बढ्न थालेको छ ।

 (गोरखापत्र दैनिक)

 

प्रतिक्रिया

सम्बन्धित