हत्या गरी फालेको अवस्थामा बीरगंजमा युवकको शव फेला

Hatya-Ghata- Birjung

बीरगंज ।
बीरगंजमा एक युवकको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । सिर्सिया सुख्खा बन्दरगाहाको पुर्वपट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने टाउन प्लानिङको प्लटिङमा बीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजेसिर्सिया टोलका २६ बर्षीय रवि पटेलको हत्या गरी फालिएको अवस्थामा आज बिहान शव फेला परेको हो ।

मृतक पटेलको मुख, हात र खुट्टामा गम्भीर चोट लागेको छ भने उनको घाँटी समेत कपडाले कस्सिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक पटेलका बुबा मनोज पटेलका अनुसार आइतबार राती खाना खाएपछि पटेल जलजीरा किन्न भनेर घरबाट निस्किएका थिए ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई पटेलको शव पोष्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ ।

 



 

प्रतिक्रिया

सम्बन्धित