चुडामणीको अवैध पैसामा क्यासिनो सञ्चालकको रजाईं ?

काठमाडौं । राज्यलाई करोडौं लाभांश कर नबुझाएपछि सरकारले बन्द गरेको क्यासिनो सांग्रिलाका मालिक राजेन्द्र बजगाईं र आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्माबीचको गोप्य कारोबार बाहिर आएको छ ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोग मार्फत कर मिनाहा गरी दर्जनौं कम्पनीबाट अरबौं आर्थिक लाभ लिएको आरोपमा शर्मालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बेला बजगाईं र शर्माबीचको कारोबारको गन्ध बाहिर आएको हो ।

 तत्कालिन अर्थमन्त्री रामशरण महतको सहयोगमा शर्माले सांग्रिला क्यासिनोको कर मिनाह गरेका थिए । आयकर ऐन अनुसार सरकारलाई बुझाउनु पर्ने करोडौं रकम नबुझाएपछि बन्द अवस्थामा रहेको सांगिला क्यासिनो अहिले भने सञ्चालनमा छ । अनुसन्धानको शिलशिलामा अख्तियारको हिरासतमा रहेका शर्माको प्रत्यक्ष संलग्नतामा सांगिला क्यासिनोलाई कर छूट दिएको अहिले आएर खुलेको छ । आयोगले झन्डै ९० वटा फाइल हेरिसक्दा शर्माले २१ अर्ब रुपैयाँ अनियमितता गरेको खुलिसकेको छ ।

 टाट पल्टिएको, कर असुलउपर हुन नसक्ने र दुर्घटनाजन्य कारणले आर्थिक क्षति व्यहोरेको अवस्थामा मात्र दिइने छुट क्यासिनो सांग्रिलाजस्ता नाफमा चलेका कम्पनीहरुलाई दिएर उनले ठूलो आर्थिक लाभ लिएका थिए । क्यासिनोको कर छुट गराउन नेपाली कांग्रेसका नेता समेत रहेका बजगाईंले लविङ गरेका थिए । बजगाईंले शर्मासँग मिलेर क्यासिनोको कर छुट मात्र गराएनन्, शर्माको अवैध पैसा समेत लगानीको रुपमा भित्र्याउन सफल भएको पनि चर्चा छ ।

  बजगाईं उनै व्यक्ति हुन्, जो नेपाल प्रहरीको आईजीपी नियुक्तिमा पनि मुछिएका थिए । कांग्रेस सभापति शेरवहादुर देउवा र आरजु देउवासँग सेटिङ मिलाउने भन्दै डिआईजी नवराज सिलवाललाई दैनिक सांग्रिला होटलमा बोलाई बजगाईंले गोप्य छलफल गर्दथे । तर, उनी उक्त खेलमा सफल हुन सकेनन् । सिलवाललाई आईजीपी बनाउन उनले आर्थिक स्रोत जुटाइदिने समेत आश्वसन दिएका थिए । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित