कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिउ बाँड्दै चाँगुनारायण नगरपालिका

ChanguNarayan Municipality
भक्तपुर ।
चाँगुनारायण नगरपालिकाले कोरोना भाईरस( कोभिड–१९)को आक्रान्तबाट पिडित चाँगुनगर भित्रका कृषक दाजुभाईहरुको लागि ५० प्रतिशत अनुदानमा विभिन्न अन्नका बिउ बिजनहरु वितरण गर्ने भएको छ ।
नगर प्रमुख सोम प्रसाद मिश्रले बिउ नपाएर समस्यामा परेका नगरभित्रका कृषकहरुको लागि विउ विजनको मूल्यमा ५० प्रतिशत नगरपालिका र ५० प्रतिशत कृषकले व्यहोर्ने गरि वितरण गर्न लागिएको उल्लेख गर्दै कोरोना भाईरस संक्रमणको जोखिमलाई ख्याल राखेर सामाजिक तथा भौतिक दुरी कायम गरि खेतीपातीको काममा लाग्न सम्पुर्ण कृषक दाजुभाईहरुलाई आग्रह गरेका छन् ।

नगरपालिकाबाट ९ वटै वडा कार्यालयहरुलाई आवाश्यक सूचना प्रवाह गरि भिडभाडरहित तवरबाट वितरण कार्य शुभारम्भ गर्न निर्देशन दिईसकेको जानाकारी गराउदै नगर भित्रका सम्पुर्ण कृषकहरुलाई सम्बन्धित वडा अध्यक्षसँग समन्वय गरि आवश्यक विउ विजन लिन चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि तिम्सिनाले अनुरोध गरेका छन् ।

आजै सम्र्पुण वडा कार्यालयहरुमा मकैको विउ पठाईने र बाँकी धान,फापर,भटमास लगायत कृषकहरुको मागबमोजिम विउ विजन एक हप्ता भित्र सम्बन्धित वडा कार्यालयमा पठाई सकिने प्रमुख प्रशासकिय अधिकृत तिम्सिनाले अवगत गराए ।

प्रतिक्रिया

सम्बन्धित