कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवसहित २ जना प्रहरी नियन्त्रणमा

Rajesh_ray_yadav- Mayor 300x300
कलैया ।
बारा प्रहरीले कलैया उपमहानगरपालिकास्थित यादव कोल्ड स्टोरमा राखिएको दाल खान अयोग्य भएको रिपोर्ट आएपछि अनुसन्धानका लागि मंगलवार मेयर राजेशराय यादवसहित २ जनालाई पक्राउ गरेको छ । प्रमुख यादबसँगै नेपाली काँग्रेस देवताल गाँउपालिकाका सभापति हरिलाल दास ९बच्चु बाबा ० लाई समेत पक्राउ गरेको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए । 

कुहिएको दाल राहतमा बाँडिएको सर्वत्र गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा यादव कोल्डस्टोरमा राखिएको ३८० बोरा दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरहिन र खान अयोग्य ठहर गरेपछि यसमा संलग्न रहेकालाई पक्राउ गरिएको हो ।

यसअघि कलैया उपमहानगरपालिका वडा–१ का वडाध्यक्ष हरिओम् साह, वडा नं।७ का अध्यक्ष सर्फुल्लाह अंसारी, ११ का सर्वनारायण चौधरी, वडा नं–१३ का अध्यक्ष राजन पटेल २६ का राजन कुर्मी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आईस एण्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र बिरगंज स्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई बारा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुमाथि कालोबजारी ऐन अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित