बालिका बलात्कार गरेको आरोपमा सप्तरीमा युवक पक्राउ

Children rape
सप्तरी
बालिका बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पीडित बालिकाको दाजुले दिएको उजुरी दर्ता गरी आरोपित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पीडित बालिकाको बयान लिएको पनि उनले बताए ।

वैशाख ३ गते राति पिसाब फेर्न घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडित बालिकाले बयान दिएकी छन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित