राहतको नाममा ५ केजी चामल बाढ्दै माडी नगरपालिका

madi-nagarapalaika
चितवन 

चितवनको माडी नगरपालिकाले अति बिपन्न सुकुम्बासी परिबारलाई राहतको नाममा प्रति परिबार ५ केजी चामल बितरण गरेको छ । चितवन राष्ट्रिय निुकञ्जको बीचमा रहेको बाँदरझुलामा नगरपालिकाले उक्त स्थानमा बसोबास गर्ने ५ सय ४ सुकुम्बासीलाई राहतको नाममा ५ केजीको दरले  चामल मात्र दिएपछि यति बेला त्यहाँका सुकुम्बासीको चुलो बल्न धौधौ परेको स्थानीयहरुले गुनासो गरेका छन् ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीवाका निर्वाहा गर्दै आएको बाँदरझुलाका स्थानीयहरु दैनिक ज्यालादारीमा काम गर्न नपाएर मर्कामा परेको छन् । यस्तो बिषम परिस्थितीमा नगरपालिकाबाट आबश्यक राहतको अपेक्षामा बसेका उनीहरुलाई नगरपालिकाले राहतका नाममा ५ केजी चामल मात्र दिएपछि निराश भएका छन् ।

माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले भने ४ जनाको परिवारलाई १५ केजी चामल र त्यस भन्दा धेरै परिवार भएकोलाई २० केजीको दरले दिएको बताएका छन् । मेयर ढकालले आँफुहरुले २ सय ६० घरलाई राहत पठाएको र अन्यहरुको घरको भकारीमा खाध्यान्न रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित