कोरोना संक्रमित व्यक्तिको रिपोर्ट नेगेटिभ देखाएपछि भारतको राजस्थानमा आरडीटी टेष्ट बन्द

Corona Test Kit
भारत।

कोरोना परीक्षणमा (यापिड डाइनोष्टिक टेष्ट) आरडीटी कीटले कारोना भाइरस संक्रमित व्यक्तिको पनि नतिजा नेगेटिभ देखाएपछि भारतको एक राज्यले यस विधिबाट गरिने परीक्षण नै बन्द गरिदिएको छ ।कोरोना भाइरस संक्रमित भएका बिरामीको परीक्षण गर्दा (यापिड किट)ले नतिजा नेगेटिभ देखाएपछि भारतको राजस्थान प्रदेशमा प्रदेश सरकारले आरडीटी किटबाट परीक्षण बन्द गरेको हो ।

 भारतीय सञ्चार माध्यमका अनुसार प्रदेश सरकारले आजदेखि (यापिड कीटबाट परीक्षण स्थगित गरिएको बारेमा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चलाई पनि जानकारी गराएको छ ।

राजस्थान प्रदेशका स्वास्थ्यमन्त्री रघु शर्माले ९० प्रतिशत नतिजा सही देखाउँने विश्वसामा प्रयोगमा ल्याइएको कीटले मात्र ५।४ प्रतिशत नतिजा सही दिएकाले यसबाट परीक्षण गर्नुको कुनै फाइदा नभएको बताउदै परीक्षण बन्द गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित