देउवाले जोगाएको राजपा फुटको संघारमा

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसँग निर्वाचनमा सहभागी हुन्छु भनेर अन्तिम समयमा आएर धोका दिएको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल फेरि फुटको संघारबाट बचेको छ । राजपा नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बाचाई दिएका हुन् । देउवाले कटू आलोचनाहरू सहेर प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन असोज २ गतेसम्म सारेर राजपालाई फुट्नबाट जोगाएका हुन् । देउवाले राजपालाई फुट्नबाट त जोगाइ दिए तर, असोजसम्म यो पार्टीमा रहेका छ वटा दल एकै ठाउँमा रहन्छन् वा रहँदैनन् हेर्न बाँकी छ । राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झाको आग्रहमा २ नं. प्रदेशको चुनाव सारिएको थियो । तर, राजपाका नेताहरूले प्रधानमन्त्री देउवा, कांग्रेस र माओवादी केन्द्रसँग गरेको सहमतिलाई उल्लंघन गरेर निर्वाचनको बहिष्कार नीति लिए । निर्वाचन बहिष्कार गर्दा राजपालाई १ र ५ नं. प्रदेशमा ठूलो धक्का लाग्नेछ । विशेष गरेर ५ नं. प्रदेशको रुपन्देहीमा राजपाका स्थानीय नेताहरूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर केन्द्रीय नेताहरूलाई चुनौती दिएका छन् । जिल्लाहरूमा केन्द्रीय निर्णयको विरोध भएपछि राजपा नेपालले आफ्नो संघर्षको कार्यक्रमलाई लचक बनाएको छ । यति मात्रै होइन, राजपा नेपालका संघर्षका कार्यक्रमहरू निष्क्रिय सरह छन् । एक नेताले भने–‘शीर्ष नेताहरू विशेष गरेर महन्थ ठाकुर, राजेन्द्र महतो र राजकिशोर यादवको घमण्डले गर्दा आन्दोलन तुहिएको छ । त्यसको फाइदा सत्तापक्षलाई भएको छ ।’ महतोको कार्यशैलीप्रति सामाजिक सञ्जालमा मात्र नभई राजपाभित्रबाटै पनि विरोध शुरु भएको छ । यस अघि भारतले महाभूकम्पको समयमा नाकाबन्दी लगाउँदा भारतसँग मिलेर नेपाल विरोधी अभिव्यक्ति दिएको भन्दै महतोको आलोचना भएको थियो । महतो र संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पनि ‘वार’ शुरु भइसकेको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित