आनी छोइंग डोल्मा फाउन्डेशनकोद्वारा दैलेखका लागि स्वास्थ्य सामग्री प्रदान

aani-768x480
काठमाडौँ । 

आनी छोइंग डोल्मा फाउन्डेशनको सहयोगमा दैलेखमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोरोना भाइरस महामारी रोकथामका लागि दैलेखी सेवा समाज काठमाडौँ र मनघरी फाउन्डेशन नेपालको अगुवाइमा दैलेख जिल्लामा दोस्रो चरणका स्वास्थ्य सामग्री पठाइएको फाउन्डेशन जनाएको छ ।

दोस्रो चरणमा ललितपुरस्थित प्रारम्भ सामाजिक संस्थाको सहयोगमा आनी छोइंग डोल्मा फाउन्डेशनको सहयोगमा दैलेखका ११ वटा स्थानीय तहका लागि दुई–दुई थान पीपीई सेट, सेनिटाइजनर, ग्लोब्स र मास्क ९२२ थान पठाइएको हो ।  प्रारम्भका अध्यक्ष कल्पना छेत्री, आनी छोइंग डोल्मा फाउन्डेशनका अध्यक्ष  गायिका आनी छोइंग डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले दैलेखबाट निर्वाचित सांसद रविन्द्र राज शर्मालाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

फाउण्डेसनले पहिलो चरणमा ८९ थान पीपीई सेट, २ हजार थान मास्क, १ हजार थान गोलब्स र १० बोतल सेनिटाइजर पठाएको थियो ।

सामग्री पाएलगत्तै सांसद शर्माले स्वास्थ्य सामग्रीरू सम्बन्धित निकायमा तत्काले पठाउने बताए । उनले अन्य सामग्रीहरु पनि पठाउनका लागि पहल गरिरहेको बताए ।

सामग्री प्रदान गर्दै गायिका आनी छोइंग डोल्माले यस्तो अवस्थामा हातमाहात मिलाउन आफूहरु अगाडि बढिरहेको बताइन् । उनले भनिन्, ‘हाम्रो सहयोग हेर्दा सानो होला तर संख्यामा भन्दा आत्मबल बढाउन तथा हामी पनि तपाईहरुसँगै छौँ भन्ने सन्देश दिन यो ठूलो हो ।’

 

प्रतिक्रिया

सम्बन्धित