रामेछापमा बस दुर्घटना : २८ घाइते, २ को अवस्था गम्भीर

Bus Accident
रामेछाप ।

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका यात्रु लिएर दोलखा जफे जादै गरेको बस रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा बुधबार बिहान दुर्घटना हुदा २८ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ । ३९ जना यात्रु बोकेर आएको बा २ ख ६८१८ नम्बरको यात्रुबाहक बस रामेछापको कुनौरीमा बुधबार बिहान ४ः३० बजे तिर दुर्घटना हुदा २८ जना घाइते भएको छ ।


दुई जनाको भने अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको तामाकोसी अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित