जापानको थप १ नेपालीमा कोरोनाको संक्रमण

corona-15-1-1-1-e1585477299769

जापान

जापानको थप १ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । टोकियो स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार राजधानी टोकियोमा बस्दै आएका १ नेपालीमा कोरोनाको संक्रमण देखिएको हो ।

दुतावासका अनुुसार टोकियो आसपासकै नेपाली रेस्टुरेन्टमा कार्यरत पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । यस अघि सोहि रेस्टुरेन्टमा कार्यरत नेपालीलाई कोरोना संक्रमण भएको थियो । आज थपिएका सहित अन्य २ जना नेपाली कोरोनाको सक्रमितको टोकियोकै अस्पतालमा उपचार भैरहेको छ।

इबाराकी बस्दै आएकी संक्रमित महिलाको भने दोश्रो परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ । तेस्रो परिक्षण पनि नेगेटिभ भएको खण्डमा डिस्चार्ज गरिने जापानका लागि नेपाली राजदुतावासका उप(नियोग प्रमुख कृष्णकान्त अर्यालले जानकारी दिएका छन् ।

आज एकजना कोरोना संक्रमित थपिय संगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ । जापानभर कोरोना संक्रमितको संख्या १३ हजारको हाराहारीमा पुगेको छ । पछिल्लो तथ्यांक अनुसार जापान भर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको सख्या २९६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित