प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्न प्रहरी मुख्यालयको निर्देशन

police_1

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले संगठनप्रति नकारात्मक सन्देश र टीकाटिप्पणी प्रवाह गर्ने गरी सञ्चालित फेसबुक, ट्विटर, भाइबर, ह्वाट्स एपसहितका विभिन्न सामाजिक सञ्जालका समूह छाड्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका वरिष्ठ उपरीक्षक (एसएसपी) एवं केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीद्वारा हस्ताक्षरित सूचनामार्फत प्रधान कार्यालयले सबै प्रहरी कार्यालयलाई यो निर्देशन दिएका हुन् । सूचनामा सबै प्रहरी कर्मचारीलाई नेपाल प्रहरीको नियमावली, सञ्चारमाध्यम (मिडिया) सम्बन्धी नीति, २०६० एवं सामाजिक सञ्जाल (फेसबुक लगायत) व्यवस्थित प्रयोग गर्ने सम्बन्धी गाइडलाइन, २०७१ पनि सम्झाएइको छ । 

साथै, प्रहरीको मिडिया नीतिमा सञ्चारमाध्यमसँग कसले कुरा गर्ने भन्ने सम्बन्धमा स्पष्ट उल्लेख गरिएकाले त्यसको कडाइका साथ कार्यान्वयन गर्न पनि भनिएको छ । निर्देशनको अवज्ञा गरेर संगठनको गरिमा र मर्यादामा आँच आउने कार्य गरे प्रहरी कर्मचारीमाथि नै प्रहरी नियमावली २०७१ बमोजिम कारबाही हुने निर्देशनमा उल्लेख गरिएको छ ।
nepal police

 

प्रतिक्रिया

सम्बन्धित