भक्तपुरमा मोटरसाइकल दुर्घट्ना हुँदा एक जनाको ज्यान गयो

Accident

भक्तपुर ।
भक्तपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको मोटरसाइकल बिहीबार मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बा ३९ प। ५७४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मध्यपुरथिमि नगरपालिका(५ बस्ने ३० वर्षका अजय श्रेष्ठ ज्यान गएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । महानगरीय प्रहरी वृत थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाको अनुसार उनको उपचार कै क्रममा ज्यान गएको हो ।

पानी परेर चिप्लो भएको सडकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिँदै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित