सिटिजन लाइफ इन्स्योरेन्सको कान्तिपथमा शाखा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ ।

 कम्पनीका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरेका छन् ।

   शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

 २०७४ साल कार्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभरी फैलिएका आफ्ना २५ वटाशाखा सञ्जालमार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।

 कम्पनीले यस अघि नै ब्राण्ड एम्बेसडरको रुपमा महजोडीलाई अनुबन्धीत गरिसकेको छ । अधिकृत पुंजी तीन अर्ब र जारी पुँजी  दुई अर्ब ५० करोड मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम अर्ब ७५ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा ७५ करोडको सर्व साधारणको लागी शेयर जारी गरी चुक्ता पुंजी दुई अर्ब ५० करोड पुर्याउने जनाएको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित