राष्ट्रपति ट्रम्पको आदेशले नेपाली प्रभावित

3-31 trump
बोस्टन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको अमेरिकामा बसोबास गर्ने अनुमतिपत्र ९ग्रिन कार्ड० स्थगनको सघन प्रभाव पर्ने भएको छ । यो आदेशले नेपाल समेतका देशबाट अमेरिका आउन चाहने तत्कालै प्रभावित हुने छन् ।

राष्ट्रपति ट्रम्पले बुधबार कार्यकारी अधिकार प्रयोग गर्दै अमेरिकामा स्थायी बसोबासका लागि चाहिने अनुमतिपत्र ग्रिनकार्डमा कडाइ गरेका छन् । नयाँ व्यवस्था दुई महिनाका लागि गरिएको हो । यो व्यवस्था ग्रिनकार्ड लिन तयार भएर बसेकाका लागि लागू हुनेछ । ह्वाइट हाउसले जारी गरेको नयाँ व्यवस्थाअनुसार नयाँ निर्णयले दुई महिनामा करिब ५२ हजार मानिस तत्कालका लागि अमेरिका आउनबाट वञ्चित हुने छन् ।

राष्ट्रपति ट्रम्पबाट जारी यो निर्णयबाट डीभी लटरी परेर अमेरिका आप्रवासका लागि आउन लागेका, अमेरिकी ग्रिनकार्ड लिएका वा अमेरिकी नागरिकले स्पोन्सर गरेका अमेरिकाबाहिर रहेका परिवारका अभिभावक वा श्रीमान् श्रीमतीहरू तत्काल अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

यो नियम अमेरिकी नागरिकका ससाना छोराछोरीलाई भने लागू नहुने जनाइएको छ । त्यसैगरी विद्यार्थी, कृषि पेसाका कामदार, नर्स, डाक्टर, अमेरिकामा लगानी गर्ने विदेशी उद्योगीलाई समेत यो प्रावधान लागू हुँदैन । यस्तै अस्थायी भिसामा अमेरिका आउनेलाई पनि यो प्रावधानले कुनै फरक पर्ने छैन ।

कोरोना भाइरस ९कोभिड–१९० को प्रकोप अमेरिकामा बढेको र अब विस्तारै उद्योग व्यवसाय पनि खुल्ने भएकाले अमेरिकी नागरिकलाई काममा पहिलो प्राथमिकता दिने उद्देश्यले यो कार्यकारी आदेश ल्याइएको ह्वाइट हाउसले स्पष्ट पारेको छ ।

‘हाम्रो अर्थतन्त्र खुल्नासाथ सबै क्षेत्रका अमेरिकी नागरिकलाई काम र उनीहरूको स्वास्थ्य सेवामा पहिलो प्राथमिकता दिनुपर्ने भएकाले यस्तो कार्यकारी अधिकार जारी गरिएको हो’ राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित