म विरुद्धको आरोप पुष्टी भए धराहराबाट हामफाल्न तयार छुः बस्नेत

Mahesh-Basnet

महेश बस्नेत, पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जुझारु युवा नेता । मुलुकमा गणतन्त्र स्थापना भएयता राजनीति वृतमा कुनै न कुनै कोणबाट चर्चा भइरन्छ बस्नेतको ।

उभार अवस्थाको माओवादीले २०६६ सालको अन्त्यतिर राज्यसत्ता कब्जा गर्ने उद्घोषसहित काठमाडौं उपत्यकामा गरेको विशाल प्रदर्शन तितरबितर पार्न बस्नेतको स्मरणीय भूमिका रह्यो । त्यसले बस्नेतको राजनीतिक हैसियत समेत बढायो ।

नेकपा एमालेको ९ औं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउन पनि बस्नेतको सक्रियता रह्यो । ओलीलाई अध्यक्ष बनाउन खेलेको भूमिकाकै कारण २०७० साल मंसिर ४ गते भएको संविधानसभाको द्रोसो निर्वाचनमा पराजित भए पनि बस्नेतलाई मन्त्री बन्ने अवसर जुर्यो । मन्त्री बनेपछि भने बस्नेतको चर्चा क्रमश ओसिँदै गयो । राजनीति वृतमा अहिले फेरि बस्नेतको चर्चा भइहेको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरुले बस्नेतलाई सांसद अपहरण गरेको आरोप समेत लगाएका छन् । बस्नेत तथा नेकपाका अर्को सांंसद किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि नवगति जनता समाजवादी पार्टीका सुरेन्द्र यादवसहितका केही सांसदलाई पार्टी फुटाउनको होटलमा थुनेर राखेको आरोप लागेको छ ।

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश र त्यो घटनाले नेकपामा अहिले ठूलै भुमरी ल्याएको छ । त्यसैलाई आधार बनाएर केपी ओलीले प्रधानमन्त्री छोडुनुपर्ने आजाव समेत उठिरहेको छ । किन ल्याइयो अध्यादेश ? के थियो त्यसको उद्देश्य ? के सांसदहरुलाई अपहरण गरिएकै हो ? अब प्रधानमन्त्री ओली नेकपाभित्र कमजोर भएकै हो त ? भन्ने प्रश्नको जवाफमा पूर्व मन्त्री बस्नेतसँग जनता टेलिभिजनको कार्यक्रममा आफु र प्रधानमन्त्री माथी लगाएको आरोप पुष्टि भए धरहराबाट हाम फाल्ने बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित