आन्दोलनका कारण दार्जिलिङमा पर्यटक घटे, व्यवसायीहरु मर्कामा

काठमाडौं : केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका छन्। होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्का तर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् । जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको समाचार छ।आन्दोलनमा आइतबार गोली नै चलेको र आन्दोलनकारीको ज्यान गएको थियो। दार्जिलिङ घुम्न आउने गरेका पर्यटक अहिले आएका छैनन्।उता यसअघि नै आन्दोलन र आम हड्तालकै कारण त्यहाँ रहेका भारतीय र बाह्य पर्यटक पनि भागेका थिए।

[caption id="attachment_27864" align="alignleft" width="759"] Darjeeling : A state-government bus in flames after it was torched by Gorkha Janmukti Morcha (GJM) supporters in Darjeeling on Thursday. PTI Photo (PTI6_8_2017_000236B)[/caption]

हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ।सो आन्दोलन पछिल्लो समयमा हिंसात्मक बन्दै गएपछि स्थानीयहरुमा मात्र नभएर बाह्य पर्यटकमा पनि त्रास छाएको छ । दार्जिलिङका रिसोर्टमा बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याएर गएको छन् । दार्जिलिङ्का रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् । होटल बुकिङ् गरेका पर्यटक पनि भाग्नुपरेको र पछिल्लो समयमा त पर्यटक नै नआएको होटल व्यवसायीहरु बताउछन् । एकजना होटल व्यवसायीले अघिल्लो आइतबारसम्ममा दार्जिलिङबाट कम्तीमा पनि सात हजार पर्यटकले बुकिङ रद्द गराएका र यो क्रम हिजोआज झन बढेको जनाएका छन् । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित