विश्वभर कोरोना कारण २ लाख १७ हजारबढीको मृत्यु, ३१ लाख भन्दा बढी संक्रमित

world-corona

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ३१ लाख भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै मृतकको संख्या २ लाख १७ हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ३१ लाख ३६ हजार ५ सय ८ जना संक्रमित पुगेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा १० लाख ३५ हजार ७ सय ६५ जना संक्रमित भएका छन् ।

त्यस्तै हालसम्म २ लाख १७ हजार ८ सय १३ जनाको मृत्यु भएको छ । र मृतकमा पनि सबैभन्दा धेरै अमेरिकामा नै पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या दोस्रो स्थानमा रहेको इटालीभन्दा दुईगुना भन्दा धेरै पुगेको छ । अमेरिकामा हालसम्म ५९ हजार २ सय ६६ पुगेको छ भने इटालीमा २७ हजार ३ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ६५ जनाको मृत्यु भएको जनाइएको छ । गत २४ घन्टामा मात्र ७६ हजार ५ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् ।
छिमेकी मुलुक भारतमा हालसम्म ३१ हजार ३ सय २४ जना संक्रमित देखिएका छन् र १ हजार सय ८ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित