कोरोना 'हब' बन्दै वीरगञ्ज, एकै दिन चारजना संक्रमित देखिए

2 pradesh

वीरगञ्ज । नेपालको उदयपुरमा विगतमा एक्कासी देखिएका कोरोना संक्रमितको बिरामी पछि पछिल्ला दिन वीरगञ्ज क्षेत्र कोरोनाको हब बनेको देखिएको छ । बुधबार एकै दिनमा चार जनालाई कोरोनाको संक्रमण देखिएपछि वीरगञ्जमा कोरोना संक्रमित अरु पनि हुन सक्ने अनुमान गरिएको छ ।

विगतमा धनगढीमा कोरोना संक्रमण देखिएकी एक महिला पनि वीरगञ्जमा नै बस्दै आएकी महिला भएको बुझिएको थियो ।

वीरगञ्ज भारतीय नाका रक्सौलको सीमावर्ती क्षेत्र रहेको र पछिल्ला दिनमा भारतमा बस्दै आएका मानिसहरु वीरगञ्ज छिरेको हुनसक्ने जनाइएको छ । बुधबार संक्रमण देखिएका बाराका २ जना र पर्साकै १ जना मानिसहरु भारतबाट आएको जनाइएको छ ।

पछिल्ला संक्रमितको विस्तृत विवरण प्राप्त भइसकेको छैन । उनी पनि भारतको धार्मिक सभामा सहभागी भइ फर्केको जनाइएको छ ।

यसअघि सात जनामा कोरोना पुष्टि भएको थियो । सो सात जनामध्ये चार जना निको भइसकेको र अन्य तीन जनाको विरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

आज संक्रमण देखिएका चारै जनालाई पनि नारायणी अञ्चल अस्पतालमा उपचार गराइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित