बलिउडमा अर्को दुःखद खबर, अभिनेता ऋषि कपुरको निधन

rishi kapur

 

मुम्बई । भारतका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ ।

विगत लामो समयदेखि क्यान्सरबाट पीडित कपुरको बिहीबार बिहान मुम्बइस्थित अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

सन् १९५२ को सेप्टेम्बरमा जन्मिएका कपुरको ६७ वर्षको उमेरमा निधन भएको हो । उनको स्वास्थ्यमा असहज भएपछि बुधबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।

यसअघि बुधबार बिहान अर्का अभिनेता इरफान खानको पनि मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित