अपरेशन थियटरमै आत्महत्या !

india_2

मध्यप्रदेश । विवाह अगाडि नै बच्चा जन्मिएपछि एक युवतीले अपरेसन थिएटरमै आत्महत्या गरेकी छिन् । सुत्केरी हुने ब्यथाले च्यापेपछि अस्पताल पुगेकी १७ वर्षीया युवतीले अस्पतालमा पुगेपछि स्वस्थ्य बच्चा जन्माएकी थिइन्, त्यसपछि अपरेशन थिएटरमै उनले झुन्डिएर आत्महत्या गरेको जनाइएको छ ।

यो घटना हो, भारतको मध्यप्रदेशको रिवा जिल्लाको चाकघाटको । चाकघाटस्थित एक नर्सिङ होममा मंगलबार एक्लै आएकी युवतीले अस्पतालमा आएपछि स्वस्थ्य बच्चाको जन्म दिएकी थिइन् ।

त्यसपछि उनलाई सामान्य सरसफाईका लागि लेबर रुपमा राखिएकोमा उनको रेखदेख गर्ने मानिसलाई पानी माग्दै बाहिर पठाएर उनले ढोका लगाएर पछ्यौराले झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनको परिवारलाई खबर गरेर शव हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

उनी गर्भवती भएको परिवारलाइ थाहा नभएको पनि परिवारले जनाएका छन् भने उनीबाट जन्मिएको बाबुको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित