नेकपामा बढ्दो विवादसँगै प्रचण्ड र चिनियाँ राजदूतको भेटवार्ता

Prachanda_hou_yanchi_chiniya-rajdut
काठमाडौँ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।

शुक्रवार बिहान राजदूत यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन् । प्रचण्डसँगको भेटमा राजदूत यान्छीले पछिल्लो समय नेपालमा भइरहेको राजनीतिक परिस्थितिबारेमा चासो राखेको बताइएको छ । उनले नेपालको कोरोना भाइरसको संक्रमण रोकथामका लागि चिनियाँ सहयोग रहने बताएकी थिइन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी यान्छीले शुक्रबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेकी हुन् ।

राजदूत यान्छीले पछिल्लो समय नेपालमा भइरहेको राजनीतिक परिस्थितिबारेमा चासो व्यक्त गरेको खुमलटार स्रोतले जनाएको छ ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरूबिच दुरी बढिरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित