फेरि जल्यो फुङलिङ बजार, ८ घरसहित ११ टहरा नष्ट

fungling

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । शुक्रबार राति १० बजेदेखि लागेको आगोका कारण ८ वटा घर र ११ वटा टहरा जलेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ५ बजेतिर मात्र आगो नियन्त्रणमा लिइए पनि पूर्ण रुपमा नष्ट भने भइनसकेको प्रहरीले जनाएको छ ।

हरेक वर्ष आगलागी हुँदै आएको सदरमुकाममा अहिलेभन्दा ६ वर्ष अगाडी भिषण आगलागी भएको थियो । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित