हिमपहिरोमा पुरिएका सात जनाकै शव फेला

Himpahiro-death-annapurna
काठमाडौं ।
अन्नपूर्ण गाउँपालिका क्षेत्रमा हिमपहिरोमा तीन महिनाअघि पुरिएका सात जनाकै शव फेला परेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को हिङ्कु केभ क्षेत्रमा हिमपहिरोमा पुरिएका सात जनाकै शव नेपाली सेनाले फेला पारेको हो ।

नेपाली सेनाले शुक्रबार एक जना नेपाली र एक जना कोरियन नागरिकको शव फेला पारेको जनाएको छ ।  गत माघ ३ गते गएको हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए ।

तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित