डोजर चालक विद्यालय परिसरभित्र मृत भेटिए

dead-body
कैलाली ।
धनगढीमा डोजर चालक विद्यालय परिसरभित्र मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० वर्षीय तिलक बुढामगरको शव विद्यालयमा भेटिएको हो ।
मृतक बुढामगरको शव शनिबार बिहान धनगढी उपमहानगरपालिका–१४ को पञ्चोदय माध्यमिक विद्यालयमा फेला परेको हो ।  विद्यालयमै भइरहेको निर्माण कार्यमा उनले डोजर चलाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित