कोरोना कहरबाट पिडित सहयोगापेक्षी सडक मानवहरुको सहारा बन्दै पातञ्जल

Patanjal .Manav Sewa
भक्तपुर।

पातञ्जल योग,चाँगुनगर समिति कोरोना कहरबाट पिडित सहयोगापेक्षी सडक मानवहरुको सहारा बन्दै खाद्यन्य,फलफुल तथा अत्यावश्यक सरसफाई सामाग्रीहरु मानव कल्याण समाज सेवा घरलाई हस्तान्तरण गरि भक्तपुर जिल्लाभित्रका सहयोगापेक्षी सडक मानवहरुलाई नियमित भोजन खुवाउने सेवामा जुटिरहेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेल स्थित ओम कृष्ण सेवासदनको प्राङ्गणबाट सेवा सञ्चालन गरिरहेको सेवा घरले विभिन्न संघ संस्था एवं सहयोगी मनहरुको सहयोग,सहकार्यमा लकडाउन बाट विहान बेलुकाको भोजन अभावको कारण भक्तपुरका सडक पेटी एवं सार्वजनीक स्थलहरुमा कष्टकर जीवन विताउन विवश व्यक्तिहरु र सडक आश्रित मानवहरुलाई नियमित भोजन गराउने,अवस्था अध्ययन गर्ने एवं मनोपरामर्श समेत प्रदान गर्ने सेवामा क्रियाशिल रहेको सेवा घर र यो विषम परिस्थितिमा सेवा घरलाई खाद्यान्य तथा अत्यावश्यक सरसफाई सामाग्री वितरण गर्ने चाँगु पातञ्जल परिवारलाई सेवा सदनका अध्यक्ष एवं पातञ्जल योग समिति नेपालका केन्द्रिय संरक्षक बालमुकुन्द सुवालले मुक्त कण्ठले प्रशंसा गरेका छन ।

पातञ्जल योग चाँगुनगर समितिले खाद्यान्य तथा सरसफाई सामाग्री सेवा घरलाई वितरण गरिरहँदा सेवा घरकी अध्यक्ष सुमित्रा चौलागाईले पातञ्जल योग चाँगुनगर समितिले सेवा घरलाई खाद्यान्य सामाग्रीको अलवा हाल अति आवाश्यक रहेको सरसफाई सामाग्री उपलब्ध गराएकोमा विशेष धन्यवाद व्यक्त गर्दै सरसफाई सामाग्रीहरुलाई समेत जोड्दै आवाश्यक सहयोग र सहकार्यको लागि सहयोगी मनहरुलाइ आहवान गरेकी छिन् ।

अध्यक्ष चौलागाईले लकडाउन पश्चात दैनिकरुपमा सेवा घर र सडक आश्रित गरि १ सय ६३ जना सहयोगापेक्षी मानवहरुलाई भोजन सेवा गराउदै आएको जानाकारी समेत गराईन ।
कोरोनाको कहरबाट बन्दाबन्दीको कारण दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका वेसहारा,अशक्त,असाहय,अनाथ,अभिभावकविहिन सडक आश्रित मानवहरुको लागि केहि राहत सहयोग पूरयाउने उद्धेश्यका साथ सेवाघरको लागि तत्काल आवाश्यक पर्ने राहत सामाग्री हस्तान्तरण गरिएको पातञ्जल चाँगुनगर समितिका अध्यक्ष सुर्वण न्यौपानेले अवगत गराए ।

मानव सेवाघरद्धारा भक्तपुर जिल्लाभित्रका सडकमानवहरुलाई दैनिक भोजन गराउने कार्यले एक महिना पुरा गरिरहँदा पातञ्जल योग समिति,भक्तपुरले २३ औ दिनदेखि सेवाघरको सहकार्यमा निरन्तर भोजन सेवा वितरणमा लागिरहेको र लकडाउन अवधिभर लागिरहने पातञ्जल योग समिति भक्तपुरका सचिव श्रृजनामल्ल ठकुरीले उल्लेख गरिन ।

मानवसेवा घरमा पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहकार संयोजक एवं साझाप्रकाशन सहकारीका महाप्रबन्धक होम प्रसाद गौतम,पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य एवं सेवाघरका सचिव विजयकुमार पोखरेल,पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहाकार रमेश पन्त,पातञ्जल योग समिति,भक्तपुरका कोषाध्यक्ष रन्जिता न्यौपाने,पातञ्जल योग समिति भक्तपुरका सदस्य उमेशमान मधिकर्मी, ओम कृष्ण सेवा सदनकी सदस्य विष्णु सुवेदी,चाँगुनगर पातञ्जल योग समितिका उपाध्यक्ष कल्पना मल्ल सिंह ठकुरी,स्थानीय समाजसेवी हरिराम मल्ल ठकुरी, ईन्दु लम्साल,मैया सुुवाल,अस्मिता सुवाल लगायत पातञ्जल चाँगुनगर समितिका पदाधिकारी सदस्यहरुको रोहवरमा खाद्यान्य,सरसफाई सामाग्री एवं फलफुल वितरण गरिरहँदा पातञ्जल चाँगु नगरसमितिका सदस्य सुरक्षा मल्ल ठकुरी र नगरसमितिका सल्लाहकार सत्यजीत मल्ल ठकुरीबाट ३ महिनाको लागि करिब ७२ हजार मूल्य बराबरको दैनिक १० लिटर दुध सेवाघरलाई उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको पातञ्जल चाँगु नगर योग समिति सदस्य निरु मल्ल ठकुरीले जानाकारी गराईन ।

प्रतिक्रिया

सम्बन्धित