गाई चराउन जंगल गएकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गर्ने युबक पक्राउ

Rape_Case_arrest_dang
तुलसीपुर ।
किशोरीमाथि जबरजस्ती करणी ९बलात्कार० गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । गाई चराउन जंगल गएकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दाङ प्रहरीले दाङको दंगिशरण गाउँपालिका–८ चखौरा बस्ने २२ वर्षीय सचिन चौधरीलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चौधरीले शनिबार दिउँसो तुल्सीपुर उपमहानगरपालिका–२ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएकी एक १५ वर्षीया किशोरीमाथि बलात्कार गरेका थिए । दाङको शान्तिनगर गाउँपालिका घर भएकी किशोरीमाथि बलात्कार गरेर फरार भएका चौधरीलाई आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याएर करणी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित