कोरोनाको कहर : बंगलादेशले जेलमा रहेका तीन हजार कैदीहरुलाई मुक्त गर्ने

 Bangladesh Jail

एजेन्सी ।
बंगलादेशले विभिन्न मुद्दाहरुमा जेल परेका तीन हजार कैदीहरुलाई जेल मुक्त गर्ने भएको छ । कारगार प्राधिकरणले कैदी छुटाउने विषयमा गृह मन्त्रालयलाई बन्दीहरुको सूचीसहितको प्रस्ताव पनि पठाइसकेको जनाएको छ ।

‘कोरोनाभाइरस प्रकोपको बारेमा गृह मन्त्रालयको आदेश अनुसार प्रस्ताव पठाइएको थियो। कारागारका अतिरिक्त इन्सपेक्टर जनरल ९आईजी० अबरार हुसेनले भनेका छन् ।’ उनले अगाडि थपे, ‘करिब ३ हजार मानिस सानो अपराधको लागि जेलमा छन् र हामीले उनीहरूको नाम मन्त्रालयमा पठाएका छौँ। ’

यदि गृह मन्त्रालयले अनुमोदन गरेमा यो प्रस्ताव कानून मन्त्रालयमा पठाइनेछ। अन्तमा कानून मन्त्रालयले कुनै आपत्ति जनाएको छैन भने यो अदालत समक्ष राखिनेछ। कोरोना भाइरसको प्रकोपको गहिरो चिन्ताकोबीचमा कैदीहरुलाई जेलबाट मुक्त गर्ने योजना बनाएको जनाइएको छ ।

अबरारले भनेका छन् ‘जमानत सम्बन्धी निर्णय अन्ततः न्यायपालिकाले लिने छ किनभने यो मुद्दा न्यायाधीशहरूको अध्यादेशमा पर्दछ । ’

प्रतिक्रिया

सम्बन्धित