खोरमा पसेर चितुवाले मार्यो एक सय बढी कालिज

Chituwa Kalij
पोखरा।
कालिजको खोरमा पसेको चितुवाले एक सय भन्दा बढी कालिज मारेको छ । जाली काटेर कालिजको खोरमा पसेको चितुवाले पोखरा १८ खपौदीमा रहेको कालिज खोरमा शनिबार विहान वयस्क कालिजलाई आक्रमण गर्दा एक सय भन्दा बढी कालिज मरेको तुल्सी कुन्ज इकोका संचालक धुर्व थापाले बताए ।

चितुवाको आक्रमणमा परि करिब ५० भन्दा बढी कालिज घाइते भएका छन् । चितुवाको आक्रामण बाट करिब १० लाख मूल्य बराबरको क्षति भएको संचालक थापाले बताए ।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले हाल आफुहरुसंग चितुवा उद्धार गर्ने इकुमेन्ट नभएकोले गर्दा नियन्त्रणमा लिदा धेरै समय लाग्ने भएकोले गर्दा चितुवालाई खोरबाट छाडिएको बताए ।

करिब २४ रोपनी क्षेत्रफलमा थापा सहित ७ जनाले करिब डेढ वर्ष अघि कालिज फार्म संचालनमा ल्याएका थिए । सम्बंधित निकायले चितुवालाई नियन्त्रणमा लिएर ठुलो जंगलमा छाड़नु पर्छ। यसले मान्छेलाई पनि कुनै पनि समय आक्रमण गर्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित