नेपालमा एकै दिन थप १० मा संक्रमित, जम्मा ६९ पुगे

 

1 Health

 

काठमाडौं । नेपालमा थप १० जनालाई कोरोना संक्रमण देखिएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित रुपमा आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका छन् ।

पर्सा जिल्लाका ३६ वर्षीय पुरुषको पोजेटिभ देखिएको छ । नेपालगञ्जको प्रयोगशालामा थप ९ जनाको पोजेटिभ देखिएको छ । आज मात्र १० जनाको पोजेटिभ देखिएसँगै जम्मा संक्रमितको संख्या ६९ पुगेको छ ।

नेपालगञ्जमा देखिएकामा ७ देखि ५८ वर्षसम्मका मानिसहरूमा देखिएको जनाइएको छ । त्यसमध्ये ५ जना पुरूष र ४ जना महिलामा पोजेटिभ देखिएको डा. देवकोटाले जनाए ।

आईसोलेसनमा हालसम्म ७७ जना रहेका छन् । काठमाडौं उपत्यकामा ४ र उपत्यका बाहिर ७३ जना आइसोलेसनमा रहेको जनाइएको छ ।

111J

 

 

 

प्रतिक्रिया

सम्बन्धित