१ करोड ७५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे राजपाका केन्द्रीय सदस्य यादव

Rambabu-yadav
काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादव धरौटीमा रिहा भएका छन् । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका यादव १ करोड ७५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

सम्पत्ति शुद्धिकरण मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को हिरासतमा रहेका यादव १ करोड ७५ लाख रुपैयाँ बराबरको जायजेथा धरौटी राखेर छुटेका हुन् ।

सीआईवीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा धरौटी बुझाएपछि यादवलाई तारेखमा छाडिएको बताए । सर्लाहीकै जग्गाजमिन धितो राखेर उनलाई छाडिएको एसपी पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित