इन्दिराको ‘अनिकाल’ !

indira

काठमाडौं । लकडाउनको समयमा गायिका इन्दिरा जोशीले नयाँ गीत सिर्जना गरेकी छन् । उनका अनुसार ‘अनिकाल’ बोलको यस गीतमा कृतिम आवाजहरुको अत्यन्त काम प्रयोग गरिएको छ । उनले गीतमा सारंगी ढिकी, जँतो र कुचोको अवाजको प्रयोग गरिएको दावी गरेकी छन् ।

पछिल्लो समय नेपाल आइडलमा जर्जका रुपमा देखिएपछि चर्चामा आएकी इन्दिराको आवाज तथा निर्माण रहेको गीतमा संयोजन मन्जिल केसीले गरेका छन् ।

उक्त गीतमा महेश ज्ञावालीको शब्द संगीत रहेको छ । गीतको मेलोडी, शब्द र आवाजले नेपाली गाउँले जीवनको प्रत्याभुति दिलाउँछ । ‘मास छर्न’जस्ता आलंकारिक शब्द गीतमा प्रयोग गरिएको छ । यसलाई गायिका जोशीले नयाँ प्रयोग भएको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित